Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जग्गा अधिग्रहणको १२ वर्षपछि पनि मुआब्जा पाएनन् स्थानीय, ड्राइपोर्टमा धर्ना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १९ गते


Advertisement

१९ असोज, पर्सा । वीरगन्जस्थित सुक्खा बन्दरगाह(ड्राइपोर्ट) निर्माणका लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआब्जा उपलब्ध गराउन स्थानीयले सरकारसँग माग गरेका छन्।

मुआब्जा उपलब्ध गराउने विषयमा सरकारका सम्बन्धित निकायसँग पटक–पटक छलफल, वार्ता तथा सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले ड्राइपोर्टको मुख्य ढोकामा अनिश्चितकालीन धर्ना सुरु गरेका हुन्।

मुआब्जा माग गर्दै गठित संघर्ष समितिका अध्यक्ष अशोककुमार चौधरीका अनुसार विगत १२ वर्षदेखि मुआब्जा उपलब्ध गराउने आश्वासन दिइए पनि हालसम्म माग पूरा भएको छैन।

माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने उनले बताए। स्थानीयले धर्ना सुरु गरेपछि ड्राइपोर्टको मुख्य प्रवेशद्वारबाट हुने ट्रक, कन्टेनरलगायत मालवाहक सवारीसाधनको आवागमन प्रभावित भएको छ।

यसका कारण ड्राइपोर्टको नियमित सञ्चालन तथा आयात–निर्यातका लागि हुने ढुवानी सेवामा समेत समस्या देखिएको छ।


प्रतिकृया दिनुहोस्