काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभार तोकिएको छ ।
अर्थमन्त्री डा. स्वोर्निम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यभार तोकेका हुन् ।
अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा अमेरिकाको भ्रमणमा छन् । साथै जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठक (‘प्रि-कोप लिडर्स इभेन्ट’) मा सहभागी हुनका लागि परराष्ट्रमन्त्री खनाल फिजी भ्रमणमा छन् ।





























