Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसमा क्रियाशील सदस्य संख्या ९ लाख ६९ हजार नाघ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १९ गते


Advertisement

१९ असाेज, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यको संख्या ९ लाख ६९ हजार ८४२ पुगेको छ।

कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले क्रियाशील सदस्यको संख्या सार्वजनिक गरेका हुन्।

उनका अनुसार कांग्रेसको १४औँ महाधिवेशनमा क्रियाशील सदस्य संख्या ८ लाख ७० हजार थियो। यसपटक करिब एक लाखले सदस्य संख्या बढेको हो।

विशेषगरी जेनजी पुस्तालाई पार्टीको क्रियाशील सदस्य बनाउने तथा केन्द्रीय समितिमा सहभागी गराउने योजनाका कारण सदस्य संख्या बढेको चालिसेले बताएका छन्।

महाधिवेशनअन्तर्गत सोमबार दोस्रो दिन बन्दसत्र जारी छ। बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदनसहित चार वटा प्रतिवेदनमाथि छलफल भइरहेको छ।
यस्तै, नयाँ नेतृत्व चयनका लागि सोमबारदेखि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको कांग्रेसले जनाएको छ।


प्रतिकृया दिनुहोस्