Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भोटेकोसि बाढी : खोज तथा उद्धार स्थगित, पुनर्निर्माणमा सरकारको जोड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १९ गते


Advertisement

काठमाडौं । सरकारले भोटेकोसी–त्रिशूली बाढीपछि सञ्चालन हुँदै आएको खोज तथा उद्धार चरणलाई हालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१ औँ बैठकले अत्यावश्यक खोजबाहेक उद्धार कार्य स्थगित गर्दै पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिने निर्णय गरेको हो।

जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिस तथा स्थलगत अवस्थाको मूल्यांकनका आधारमा यस्तो निर्णय गरिएको जनाइएको छ।

बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्रस्तावित ५०४ योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको भन्दै अब पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि तीनै तहको समन्वयमा अघि बढाइने बताएका छन्।


प्रतिकृया दिनुहोस्