Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दुई लाख धरौटीमा छुट्दै दुर्गा प्रसाईं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २० गते


Advertisement

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

मंगलबार न्यायाधीश उमेशप्रसाद मैनालीको इजलासले साइबर अपराधसम्बन्धी मुद्दामा प्रसाईंलाई उक्त धरौटीमा रिहा गर्न आदेश दिएको हो।

नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई असोज १२ गते पक्राउ गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीपछि प्रसाईंविरुद्ध अनुसन्धान अघि बढाइएको थियो। सामाजिक सञ्जालमार्फत जेनजी शहीद रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोप उनीमाथि छ।

प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पक्राउ पर्दै आएका छन्। गत साउन १८ गते सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएका थिए। भदौ ४ गते उनको घरमा प्रहरीले खानतलासीसमेत गरेको थियो।

यसपटकको पक्राउविरुद्ध पनि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो। उक्त रिट विचाराधीन रहेकै अवस्थामा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

 


प्रतिकृया दिनुहोस्