काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
शर्माले आज वारेसमार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उनको उम्मेदवारी वारेसमार्फत दर्ता भएको निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार मनोनयन दर्ता भइरहेको छ।































