Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस उपसभापतिमा मिनेन्द्र रिजालको उम्मेदवारी घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २० गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रले विधान संशोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएपछि उपसभापतिका आकांक्षीसमेत बढेका हुन्।

संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यबाट बढाएर २९७ सदस्यीय बनाइएको छ।  त्यस्तै, उपसभापतिको संख्या २ बाट बढाएर ४ पुर्‍याइएको छ।

रिजालसँगै उपसभापतिका लागि यसअघि ज्ञानेन्द्र कार्की, विनोद चौधरी, भीष्मराज आङदेम्बे, गोविन्द भट्टराई, धनराज गुरुङ, सुरेन्द्र पाण्डे र जीवन परियारले उम्मेदवारी घोषणा गरिसकेका छन्।

वर्तमान उपसभापति पुष्पा भुसालले महिला उपसभापतिमा प्रतिस्पर्धा गर्ने बताएकी छन्। कांग्रेस प्रवक्ता देवराज चालिसे र नेता चन्द्र भण्डारीले पनि उपसभापतिमा दाबी गरेका छन्।


प्रतिकृया दिनुहोस्