काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालको राजनीतिक दिशा प्रभावित पार्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ।
कंग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर तथा हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनमा प्रतिनिधि सभाका ४३५ र सिनेटका ३५ सिटमा प्रतिस्पर्धा हुनेछ।
हाल प्रतिनिधि सभामा रिपब्लिकन २१८ र डेमोक्रेट २१४ सिटमा छन् भने सिनेटमा रिपब्लिकन ५३ र डेमोक्रेट ४७ सिटमा छन्।
विभिन्न सर्वेक्षणमा डेमोक्रेटिक उम्मेदवारप्रति समर्थन केही बलियो देखिएको छ ।































