काठमाडौँ । नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्कीले पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
उनले आज कांग्रेस केन्द्रीय कार्यसमितिको सभापति पदका लागि उम्मेदवारी दिएका हुन्।
कांग्रेसले केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि आज दिउँसो साढे १२ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ।































