Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसमा सहमहामन्त्रीको संख्या १५ पुग्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १९ गते


Advertisement

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले अब १५ जना सहमहामन्त्री रहने व्यवस्था गर्ने भएको छ।

नयाँ व्यवस्थाअनुसार ९ जना समावेशी समूहबाट, २ जना खुलातर्फबाट र ४ जना सभापतिबाट मनोनीत हुनेछन्।

समावेशीतर्फ महिला, आदिवासी जनजाति, दलित, मधेसी, खस–आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यकरअपाङ्गता भएका समुदायबाट एक–एक जना सहमहामन्त्री चयन हुनेछन्।

यसअघि नभएको अल्पसंख्यकरअपाङ्गता समुदायको क्लस्टर यसपटक थपिएको हो। साथै खुलातर्फबाट दुई जना सहमहामन्त्री चयन गर्ने व्यवस्था पनि गरिएको छ।

विधान संशोधनमार्फत सभापतिले एक महिलासहित चार जना सहमहामन्त्री मनोनीत गर्न सक्ने व्यवस्था गरिएको छ।


प्रतिकृया दिनुहोस्