काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेकि छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै
बमले जेनजी आन्दोलनका क्रममा युवाहरूले रगत बगाएको, घाइते भएको र सहिद भएको उल्लेख गर्दै त्यसकै बलमा सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद बन्न पाएको टिप्पणी गरेकि हुन्।
उनले जेनजी आन्दोलनमा भएको बलिदान र त्यसपछि आएको राजनीतिक परिवर्तनलाई जोड्दै प्रधानमन्त्री बालेन शाहप्रति व्यंग्यात्मक टिप्पणी गरेकि हुन्।
बमले नयाँ सरकार तथा त्यसको नेतृत्वको कृयाकलापमाथि पटक- पटक असन्तुष्ट व्यक्त गर्दै आएकि छन ।
































