Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रोनाल्डोबिनै नर्वेलाई हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १९ गते


Advertisement

काठमाडौं । पोर्चुगलले नर्वेलाई २–१ ले पराजित गर्दै युरोपेली नेसन्स लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

घरेलु मैदानमा भएको खेलमा नर्वेले क्रिस्टोफर आयरको गोलमार्फत सुरुआती अग्रता लिए पनि पोर्चुगलले पुनरागमन गर्दै जित निकालेको हो।

जोआओ कान्सेलोले बराबरी गोल गरे भने ७९औँ मिनेटमा गोन्सालो रामोसले निर्णायक गोल गरे।
योसँगै पोर्चुगल समूह ‘ए४’ बाट क्वार्टरफाइनल पुग्ने पहिलो टोली बनेको छ।

टोलीले समूह चरणका चारै खेल जित्दै शतप्रतिशत नतिजा कायम गरेको छ।
क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहे पनि कप्तान ब्रुनो फर्नान्डेसको नेतृत्वमा पोर्चुगलले प्रभावशाली प्रदर्शन जारी राखेको छ।


प्रतिकृया दिनुहोस्