
काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रवि लामिछानेलाई भेटेका छन् ।
आफूहरू सहकारीपीडितको पक्षमा लडिरहँदा घटनाको ‘अर्को पाटो’ पनि बुझ्न रविलाई भेट्न गएको उनको भनाइ छ ।
भेटका क्रममा रविले आफूमाथि अन्याय भएको गुनासो गरेको गुरुङले बताए । ूउहाँ राम्रो काम गर्छु भनेर अगाडि आउनुभएको मान्छे हो । तर, देशमा राम्रो गरिरहेको मान्छेलाई फसाउनुपर्छ भनेर केही शक्ति लागिरहेका छन्,ू बिहीबार ।रविलाई भेटेपछि उनले भने ।
भेटका क्रममा लामिछानेले जेनजीलाई खुलेरै समर्थन गर्ने प्रतिबद्धता जनाएको पनि गुरुङले बताए ।
लामिछानेसँगको भेटपछि सञ्चारकर्मीसँग गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाए । उनले गृहमन्त्रीलाई काम गरेर देखाउन वा पद त्याग्न चेतावनी दिए ।
ूगृहमन्त्रीलाई अब हामी अल्टिमेटम दिन्छौँ– कि त काम गर, कि त कुर्सी छोड,ू उनले भने ।


















