Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वर्षाले कांग्रेस महाधिवेशनको बन्द सत्रमा अवरोध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २१ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चौथो दिनको बन्द सत्र बुधबार हावाहुरीसहितको वर्षाका कारण प्रभावित भएको छ।

आज विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याएर पारित गर्ने तयारी थियो। बिहान साढे १० बजे सुरु गर्ने भनिएको बन्द सत्र वर्षाका कारण साढे ११ बजेपछि सार्ने तयारी गरिए पनि ठूलो वर्षा भएपछि थप प्रभावित भएको हो।

वर्षाका कारण महाधिवेशन प्रतिनिधिहरू खुलामञ्चमा पुग्न सकेका छैनन्। कांग्रेसले बन्द सत्र खुलामञ्चमै सञ्चालन गर्दै आएको छ।

भृकुटीमण्डपमा खाना र राष्ट्रिय सभा गृहमा निर्वाचनसम्बन्धी काम भइरहेको छ।
कांग्रेसले बिहीबार बिहान मतदान गर्ने तयारी गरेको छ।


प्रतिकृया दिनुहोस्