काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
थापाले आज काठमाडौंस्थित राष्ट्रिय सभागृह पुगेर १५औँ महाधिवेशनका लागि सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि उनी विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएका थिए। अब १५औँ महाधिवेशनमा पनि उनले सभापति पदका लागि उम्मेदवारी दिएका छन्।































