Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राहुल गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएर राति छाड्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २१ गते


Advertisement

काठमाडौं । भारतको लोकसभाका विपक्षी दलका नेता राहुल गान्धीलाई प्रहरीले रिहा गरेको छ ।

दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेन्द्र कुमारको राजीनामा माग्दै करिब ९ घण्टा धर्नामा बसेका राहुल गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएर राति रिहा गरेको हो ।

कांग्रेस सांसद प्रियंका गान्धी वाड्रासहित विपक्षी नेताहरू आकाशवाणी भवन परिसरमा धर्नामा बसेका थिए । निर्वाचन आयोगतर्फको मार्च प्रहरीले रोकेपछि उनीहरू त्यहीँ बसेका थिए ।

मंगलबार राति प्रहरीले प्रदर्शनकारीलाई हटाउँदै राहुल र प्रियंकालाई नियन्त्रणमा लिएको थियो ।

बीबीसीका अनुसार राहुललाई नियन्त्रणमा लिएपछि किंग्सवे क्याम्प लगिएको थियो । प्रहरीले राहुलसहित अन्य विपक्षी नेताहरूलाई क्याम्पमा राखेपछि कांग्रेस कार्यकर्ता र अन्य प्रदर्शनकारी पनि त्यहाँ पुगेका थिए ।

राहुलले नियन्त्रणमा लिएपछि लोकतन्त्र कमजोर पार्ने प्रयासको हिसाब हुने र यसका लागि जिम्मेवार व्यक्तिलाई नछाडिने बताएका थिए ।

कांग्रेसले राहुललाई प्रहरीले जबर्जस्ती लगिरहेको भिडियो सामाजिक सञ्जाल एक्समा सार्वजनिक गर्दै घटनालाई सम्झनामा राखिने जनाएको थियो ।

पार्टीले सरकारमाथि प्रहरी दमनमार्फत विपक्षीको आवाज दबाउन खोजेको आरोप लगाएको छ । विपक्षी दलहरूले मतदाता नामावलीमा जालझेल गरेको आरोपमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेको छ । बीबीसी


प्रतिकृया दिनुहोस्