२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिको जिम्मेवारीमा पुगेका छन्।
आज साँझ उम्मेदवारी दर्ताको समय सकिँदासम्म वरिष्ठ उपसभापति पदका लागि शर्माको मात्रै मनोनयन परेको थियो।
अन्य कुनै उम्मेदवारले दाबी प्रस्तुत नगरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
यसअघि पुसमा सम्पन्न विशेष महाधिवेशनले शर्मालाई उपसभापति बनाएको थियो। त्यसअघि १४औँ महाधिवेशनबाट उनी महामन्त्रीको भूमिकामा पुगेका थिए ।































