Skip

Hamro Sanchar

कागेश्वरी मनोहरामा सामाजिक सुरक्षाबारे राजनीतिक पैरवी तथा वकालत कार्यक्रम सम्पन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १६ गते


काठमाडौं । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ केन्द्रीय समितिले कागेश्वरी मनोहरा नगरपालिकामा सामाजिक सुरक्षा सम्बन्धि राजनीतिक पैरवी तथा वकालत कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा संघका प्रतिनिधिहरूले अनौपचारिक तथा स्वरोजगार क्षेत्रको सामाजिक सुरक्षा सम्बन्धि ब्यबस्था, आगामी कार्ययोजना र नगरपालिकाको भूमिका, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा, जलवायु परिवर्तन र न्यायोचित रूपान्तरण (Just Transition), श्रमिक पञ्जिकरण तथा गुनासो सुनुवाइ र व्यवस्थापन प्रणाली सम्बन्धी विषयहरूमा प्रस्तुतिहरू गरेका थिए।

श्रमिकको हक–अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक सुरक्षा मजबुत बनाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा सहभागीहरू बीच श्रमिक हितका नीतिगत सुधार आवश्यकताबारे छलफल तथा सुझाव आदान–प्रदान गरिएको आयोजकले जनाएको छ।

नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष प्रदीप आचार्यको सभापतित्व रहेको थियो। महासचिव हरीशरण लम्सालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि प्रमुख कार्कीसहित NTUC केन्द्रीय महिला उपाध्यक्ष राधिका कुइकेल, उपमहासचिव कुल बहादुर खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त दिएका थिए।


प्रतिकृया दिनुहोस्