Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्रीलाई गाली गर्दै युट्युब कन्टेन्ट बनाउने रोशन पोख्रेल जेल चलान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २३ गते


Advertisement

२३ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहीविरुद्ध गालिगलौज तथा आपत्तिजनक अभिव्यक्ति प्रयोग गर्दै युट्युब सामग्री (कन्टेन्ट) बनाएका रोशन पोख्रेल जेल चलान भएका छन् ।

पोखरेललाई जिल्ला अदालत पाँचथरले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

पाँचथरको फागुनन्द गाउँपालिका–६, आङसाराङका पोखरेलविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि अदालतले उनलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो।

पोखरेललाई यसअघि २०८२ चैत २६ गते पक्राउ गरिएको थियो। त्यसबेला उनको पक्राउको सार्वजनिक रूपमा विरोध भएपछि प्रहरीले उनलाई दुई दिनपछि परिवारको जिम्मा लगाएर रिहा गरेको थियो।

पछि उनीविरुद्ध जिल्ला अदालत पाँचथरमा विद्युतीय कारोबारसम्बन्धी मुद्दा दर्ता भएको र सोही मुद्दाको सुनुवाइका क्रममा अदालतले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो


प्रतिकृया दिनुहोस्