Skip

Hamro Sanchar

थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोलाई ५ वर्ष कैद

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १७ गते


Advertisement

१७ असार, काठमाडौं । उच्च अदालत जनकपुरले असई थमन विक हत्या प्रकणरमा पूर्वसांसद लक्ष्मी महतोलाई पाँच वर्ष कैद हुने फैसला सुनाएको छ ।

बुधबार मुख्य न्यायधीश टेकनारयण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले सो फैसला सुनाएको हो ।

प्रतिवादीहरू लक्ष्मी महतो र पवन कापरलाई आरोपित कसुरबाट सफाइ दिएको महोत्तरी जिल्ला अदालतको मिति २०८०र०८र२८ को फैसला सो हदसम्म नमिलेको हुँदा केही उल्टी भई प्रतिवादीहरू अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, लक्ष्मी महतो र पवन कापरलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १७ (२)बमोजिम जनही ५ वर्ष कैद सजाय हुने ठहर्छ, फैसलाको संक्षिप्त विवरणमा भनिएको छ ।

उच्च अदालतले महोत्तरी जिल्ला अदालतको मिति २०८० मंसिर २८ को फैसला केही उल्टी गर्दै महतोसहित प्रतिवादीहरू अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही ५ वर्ष कैद सजाय हुने ठहर गरेको छ ।

दोस्रो मधेस आन्दोलनको क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा असई थमन विकको एम्बुलेन्सबाट थुतेर आन्दोलनरत पक्षबाट हत्या गरेको दाबीसहित मुद्दा चलेको हो।

 

 


प्रतिकृया दिनुहोस्