Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रहरी महानिरीक्षक कार्कीद्वारा प्रहरी वृत्त बौद्धको भवन उद्घाटन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २८ गते


Advertisement

 

काठमाडौं। गत भदौ २४ गतेको जेन्जी आन्दोलनमा पूर्ण रुपमा क्षतिग्रस्त प्रहरी वृत्त बौद्धको भवन आज एक कार्यक्रमका बिच हस्तान्तरण गरीएको छ।

स्थानिय बौद्धबासीको पहलमा विभिन्न संस्था तथा व्यक्तिद्वारा रकम संकलन गरि  सो भवनको पूनर्निमाण गरिएको हो।सो भवनको आज प्रहरी महानिरिक्षक दान बहादुर कार्कीले एक कार्यक्रमका बिच आज उद्घाटन गर्नुभएको हो ।

प्रहरी वृत्त बौद्ध चौकी पूनर्निर्माण समितिले  सो भवनको र्निर्माण गरेको हो।सो कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की,प्रहरी परिसर काठमाडौंका प्रमुख बरिस्ठ प्रहरी उपरीक्षक रमेश थापा, प्रहरी वृत बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष कार्की एवम् गोकर्णेश्वर नगर प्रमुख दिपक रिसाल, काठमाडौं महानगपालिका वडा नं ६ का अध्यक्ष भुवन लामा लगायतको उपस्थिति थियो।साथै सो अवसरमा भवन निर्माणका लागि करिव १ करोड खर्छ  लागेको निर्माण समितिका कोषाध्यक्ष सोनम लामाले बताउनुभयो। सो अवसरमा प्रहरी वृत्त बौद्धले भवन पूनर्निर्माणमा सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान समेत गरेको थियो।

भवन निर्माणमा क्रममा प्रहरी वृत्त बौद्धका प्रमुख सन्तोष रोक्काले निर्माण समितिसंग विशेष समन्वयको भुमिका खेलेका थिए।


प्रतिकृया दिनुहोस्