Skip

Hamro Sanchar

एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २८ गते


काठमाडौँ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ ।

११औँ महाधिवेशनअन्तर्गत आज भृकुटीमण्डपस्थित बन्दसत्र हलमै बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो ।

एक नेताका अनुसार वरिष्ठ उपाध्यक्षबाहेक नै एमालेले पदाधिकारी सङ्ख्या बढाएर १९ सदस्यीय बनाएको छ ।

गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी सङ्ख्या घटाएर १५ मा झारेको थियो। तर, अहिले पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि अध्यक्ष ओलीले पदाधिकारी सङ्ख्या बढाएर पुनः १९ पुर्‍याएको हो ।

नयाँ विधानमा अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सात गरी २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गर्ने र प्रदेश कमिटीका अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था छ ।

अब भने विधान संशोधनपछि अध्यक्ष एक, उपाध्यक्ष ५, सचिव ९, महासचिव १, उपमहासचिव ३ हुनेछ ।


प्रतिकृया दिनुहोस्