Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मेयर बालेन साहका बुवाको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १५ गते


Advertisement

काठमाडौं ।काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहका बुवाको निधन भएको छ।

बालेनका बुवा राम नारायण शाहको आज बिहान ७७ वर्षको उमेरमा निधन भएको हो।

आइतबार बेहोसी अवस्थामा निजामती कर्मचारी ९सिभिल० अस्पताल लगिएका उनको ७७ वर्षको उमेरमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

अस्पताल स्रोतका अनुसार पिसावको संक्रमणका कारण उनको मृत्यु भएको हो।

शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि सिभिल अस्पताल पुगेकी थिइन्।

रामनारायणमा लामो समयदेखि मधुमेह र पिसाबको संक्रमण रहेको चिकित्सकले बताएका छन्।


प्रतिकृया दिनुहोस्