काठमाडौं, जेठ १४- गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले फागुन ३ गते यताका ३ महिना बीचको आफ्नो मृत्युसंगको लडाईबारे बोलेका छन् ।
एपिवन टेलिभिजनको एक प्रसिद्ध कार्यक्रम तमसोमा ज्योतिर्गमयका प्रस्तोता टिकाराम यात्रीको प्रश्न, तीन महिनाको अवधिमा तपाईले मृत्युलाई कति नजिकबाट देख्नु भो र त्यो मृत्युवोध र जीवनवोध, तत्ववोध र अस्तित्ववोध के हुदो रहेछ ?
लामो स्वाश फेर्दै भण्डारीले भनेका छन्, “त्यो बेलामा मैले मेरो छातीलाई छामे, म त मर्दिन मैले केहि गर्न नै पाएको छैन, कसरि मर्छु भन्ने तेस्तो मलाई सोच आयो र मैले आफैले आफैलाई छामेको छु है ! कहाबाट मर्छु म ? मलाई कहिँ दुखेकै छैन, के छैन, कसरि ? म आफैले देखेको छु, हार्टविट बानेको छु, उनि नर्स हुनुहुन्थ्यो दात्तत् राय भन्ने हुनुहुन्थ्यो, उहाले आखाबाट चट्ट आशु झार्नु भयो, नेपाली दिदिले चाहिनी, “त्यो सेतो कात्रो” भानिन्छ नि हामीले ! ल्याएर अगाडी फाल्नु भयो, त्यो मुर्दा घरमा बाधेर लैजान, तर त्यो बेला पनि मलाई, मा मर्दिन भन्ने थियो । कसरी मर्छु म ? केहि गर्न नै पाएको छैन । तेस्तो मलाई सोच आयोको । यो मलाई एकदम गजवको सोचा आएको थियो ।”