Hamro Sanchar

विभिन्न कार्यक्रम गरी नेपाल आँखा अस्पतालले मनायो ‘दृष्टि दिवस’

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, २८ गते


Advertisement

काठमाडौं, असोज २८- नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले यस बर्षको दृष्टि दिवस मनाएको छ । लायन्स क्लब ३२५ जी अन्तरगतका बिभिन्न क्लबहरुसँगसहकार्यमा नेपाल आँखा अस्पतालले विभिन्न कार्यक्रमहरुसहित दिवस मनाएको हो ।

अस्पतालले आई.ए.पी.बी.ले अघि सारेको “आँखालाई माया गरौं” भन्ने नाराका साथ कार्यक्रम मनाएको हो ।

लायन्स क्लबका सदस्यहरु, नेपाल आँखा अस्पतालका कर्मचारी एबं बी.पी. कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज महराजगंजको सहभागितामा काठमाण्डौँको कलंकी देखि सोल्टीमोडसम्म करीब तीन सय जनाको चेतनामुलक र्याली निकालिएको थियो भने र्याली पश्चात आयोजित भेलामा आँखा स्वास्थ्य सम्बन्धि प्रबचन कार्यक्रमको आयोजना गरिएको थियो । प्रबचनमा नेपाल आँखा अस्पतालका रेटिना बिशेषज्ञ डा. किरण शाक्य र बी.पी. कोइराला लायन्स सेन्टर फर अर्फथाल्मिक स्टडिज महराजगंजका डा. ज्योतिबाबा श्रेष्ठले आँखा स्वास्थ्य सम्बन्धी जानकारी दिएका थिए ।

यसैगरी कार्यक्रमको उद्देश्यका बारेमा र आँखा अस्पतालहरुसँगको सहकार्य तथा भावी कार्यक्रमका बारेमा लायन्स क्लब ३२५ जी का डिष्ट्रिक गभर्नर उत्तम झालगायत लायन्स क्लबका पदाधिकारीहरुले प्रकाश पारेका थिए ।

कार्यक्रमकमा नेपाल आँखा अस्पताल त्रिपुरेस्वरले भक्तपुर लायन्स आँखा तथा डाएबेटिज सेन्टर संगको सहकार्यमा निुशल्क मधुमेहबाट आँखाको पर्दामा देखिने असर (डाएबेटिक रेटिनोपेथी) का निशुल्क शिविर संचालन गरेको थियो । अस्पताल परिसरमा दृष्टि दिवस तथा आँखा स्वास्थ्य सामाग्रीहरुको प्रदर्शन र बालबालिकाहरुको लागि निशुल्क सेवा प्रदान गरेको थियो ।

दृष्टि दिवसकै अवसरमा आँखा अस्पताल त्रिपरेश्वरले काठमाडौंको विभिन्न स्थानमा संचालित भिजन सेन्टरहरुमा निःशुल्क आँखा परीक्षण गर्नुका साथै गोरखाको दुर्गम गाउमा निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर संचालन गरेको छ ।


प्रतिकृया दिनुहोस्