Hamro Sanchar

कागेश्वरी-७ मा शुक्रबार निशुल्क स्वास्थ्य शिविर संचालन हुँदै, जेष्ठ नागरिकले पाउनेछन् यी सेवाहरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, १३ गते


Advertisement

काठमाडौं, असोज १३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ मा शुक्रबार (भोलि)निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । ‘मेयरसंग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत ज्येष्ठ नागरिकको सम्मान गर्दै विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको वडाअध्यक्ष भीमसेन थापाले हाम्रोसंचारलाई जानकारी दिए ।

वडामा बसोबास गर्ने ६८ बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुलाई उक्त शिविरमा उपस्थित हुन भनिएको छ । शिविरमा मुटु रोग बिशेषज्ञ, फिजिसियन, दन्त चिकित्सक, आँखा रोग बिशेषज्ञ, मुटुको भिडियो एक्सरे, भिडियो एक्सरे, मधुमेह तथा पिसाब परिक्षणलगायतका सेवा निशुल्क उपलब्ध हुनेछन् ।

निशुल्क स्वास्थ्य कार्यक्रम वडा कार्यालय परिसरमा बिहान ८ बजदेखि संचालन हुने बताइएको छ ।

 


प्रतिकृया दिनुहोस्