Hamro Sanchar

गोविन्द केसी फेरी आजदेखि अनशन बस्ने, हिँडे धनगढी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, २७ गते


काठमाडौं, भदौ २७– डाक्टर गोविन्द केसीले फेरी आजदेखि अनशन बस्ने भएका छन् ।

माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न धनगढी हिँडेका हुन् । उनले आज सोमबार बेलुकीदेखि अनशन थाल्ने जानकारी सहयोगी समूहले दिएको छ ।

उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत माग राखेका छन् ।


प्रतिकृया दिनुहोस्