Skip

Hamro Sanchar

एमाले महाधिवेशन : उम्मेदवारी फाराम वितरण सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २९ गते


काठमाडौं । नेकपा एमालेको महाधिवेशनको नयाँ नेतृत्व चयनको प्रक्रियाअन्तर्गत उम्मेदवारी फाराम वितरण सुरू भएको छ ।

एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धाको तयारी गरेका छन् ।

आकांक्षीहरू धेरै हुँदा छापेर लगेका फाराम स्टक सकिएपछि अहिले लाइन लम्बिएको छ । ३०१ सदस्यीय केन्द्रीय कमिटी गठनका लागि एमालेका २२६३ जना प्रतिनिधि भृकुटीमण्डपमा भेला भएका छन् ।

 

निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी भोलि मतदान गर्ने गरी काम समय निर्धारण गरिएको छ ।
बिहान १२ बजेसम्म उम्मेदवारी फारम वितरणको समय निर्धारण गरिएको छ ।

दिउँसो २स्३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । उम्मेदवारविरुद्ध उजुरी दिने साढे २ देखि आधा घण्टालाई राखिएको छ । अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने कार्यतालिका छ


प्रतिकृया दिनुहोस्