Hamro Sanchar

कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित, दिए यस्तो चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १५ गते


काठमाडौं, भदौ १५- कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनु पर्ने लगायतका माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।

उनीहरुले माग पुरा गर्न अस्पताल पक्षलाई एक साताको समय दिएका छन् । माग पुरा नभए कार्यकारी निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा अनिश्चित कालिन तालावन्दी गर्ने चेतावनीसमेत दिएका छन् ।

कर्मचारीहरुले आफ्ना मागहरुमा सेवा सुविधा र व्यवस्थापनको कुरालाई बढी जोड दिएका छन् । यस्तै उनीहरुले नेतृत्व तहबाट आर्थिक अनियमिता भएको समेत आरोप लगाएका छन् ।


प्रतिकृया दिनुहोस्