Hamro Sanchar

सेनेटरी प्याड अब काठमाडौंमै उत्पादन हुने, स्वास्थ्य मन्त्री खापुङले गरे उद्योगको उद्घाटन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ४ गते


काठमाडौं, भदौ ४- सेनेटरी प्याड अब नेपालमै उत्पादन गर्न थालिएको छ । काठमाडौँमा “रोयल विङ्स” नामक प्याड उत्पादन तथा बिक्री वितरण सुरु गरिएको हो ।

सहयोगी सेनेटरी प्याड उद्योगको अध्यक्ष गोमा खनालको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङ, विशेष अतिथिहरूमा घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश प्रसाद सिंह, पूर्व सहसचिव सुशील पाण्डे, काठमाडौँ स्कुल अफ मेडिकल टेक्नोलोजीका डाइरेक्टर अमर अमात्य, मिस्ट कलेजका प्रमुख दीपेन्द्र यादव, एनएमबि बैंकका शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

सेनेटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाहरूको संख्या बढ्दै गएको समयमा देशका विभिन्न सहरहरूका साथै भारतबाट निर्यात गरिएका प्याड भन्दा यस उद्योगमा उत्पादित प्याड सस्तो, गुणस्तरीय र राम्रो भएको खनालले बताइन् ।

सहयोगी सेनेटरी प्याड उद्योगको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य मन्त्रालय मार्फत गरिने सहयोग गर्न सधैँ आफू तत्पर रहेको तर मुलुक माफिया तन्त्र र भ्रस्टाचारको दलदलमा फसेको भन्दै सेनेटरी प्याड जस्तो संवेदनशील बस्तुलाई स्वदेशमा नै अनुदान दिएर उद्योगहरू स्थापना गर्नुपर्ने समयमा बाहिर बाट आयात गर्न ९०% प्रतिशतसम्म छुट दिएकोमा दुःख व्यक्त गरेका थिए ।


प्रतिकृया दिनुहोस्