Skip
आज : २०८३ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शीर्ष स्थानको लुम्बिनीसँग आज काठमान्डुको भिडन्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २१ गते


Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज एक खेल हुँदैछ।

त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्।

अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रिनेछ।

लुम्बिनीले ४ खेलबाट ७ अंक जोडेको छ। उसले तीन खेलमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको छ।

यता काठमान्डु गोर्खाज ४ अंकसहित तालिकाको चौथो स्थानमा छ। तीन खेल खेलेको काठमान्डुले दुईमा जित र एकमा हार बेहोरेको छ।

आजको खेल जित्दै काठमान्डु अंकतालिकामा आफ्नो स्थिति सुधार्ने दाउमा रहँदा लुम्बिनी भने शीर्ष स्थान कायमै राख्ने योजनामा हुनेछ।


प्रतिकृया दिनुहोस्