काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गाेविन्द केसीका माग सम्बोधन गर्न सरकारले वार्ता समिति गठन गरेको छ।
शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयका प्रतिनिधि सदस्य छन्।
डा. केसी पूर्वाधार र कानुनी मापदण्ड पूरा नगरेका संस्थालाई एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन गर्न दिने तथा विद्यार्थीको सिट बढाउने चिकित्सा शिक्षा आयोगको निर्णय खारेज गर्न माग गर्दै अनसनमा छन्।
उनले आयोगका पदाधिकारीमाथि स्वार्थको द्वन्द्व रहेको आरोपसमेत लगाएका छन्।
























