Skip
आज : २०८३ कार्तिक १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

त्रिविले फिर्ता ल्यायो ७०५ रोपनी जग्गा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १८ गते


Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले लामो समयदेखि विभिन्न निकाय, संघसंस्था र व्यक्तिको कब्जामा रहेको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन र त्रिविको सक्रियतामा ६ महिनाभित्र काठमाडौं उपत्यकाभित्रको उक्त जग्गा फिर्ता ल्याइएको हो। यसका लागि विश्वविद्यालयले ३५ दिने सार्वजनिक अल्टिमेटमसमेत जारी गरेको थियो।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार फिर्ता भएको जग्गामा अत्याधुनिक प्रयोगशाला, अनुसन्धान केन्द्र, केन्द्रीय पुस्तकालय र अन्य शैक्षिक पूर्वाधार निर्माण गर्ने तयारी छ।

उपत्यकाबाहिर रहेका त्रिविका जग्गा फिर्ता ल्याउने प्रक्रिया पनि जारी रहेको मन्त्री पोखरेलले बताएका छन्।


प्रतिकृया दिनुहोस्