काठमाडौं । समाचार कक्षमै पुगेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाबारे प्रधानमन्त्री वालेन्द्र शाहलाई कुनै जानकारी नभएको सरकारले जनाएको छ।
मन्त्रिपरिषद् बैठकपछि प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रहरीको आन्तरिक अनुसन्धानका क्रममा सोधपुछ गरिएको दाबी गरे।
प्रधानमन्त्रीको अनुमति लिएर धरपकड नगरिएको उनको भनाइ छ।
पत्रकार पक्राउ परेको जानकारी पाएलगत्तै प्रधानमन्त्री शाहले सोधपुछका लागि समेत नलैजान र हिरासतमा रहेकालाई तत्काल रिहा गर्न निर्देशन दिएको पोखरेलले बताए।
गैरकानुनी काम भएको पुष्टि भए गृह मन्त्रालयले आवश्यक कारबाही गर्ने उनले स्पष्ट पारे।

























