Skip
आज : २०८३ कार्तिक १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एनपीएलमा आज पनि दुई खेल हुँदै, यी ४ टोली मैदान उत्रदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १७ गते


Advertisement

१७ कार्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुदैछन् ।

आज पहिलो खेल अपराह्न साढे १२ बजे बिराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुँदैछ ।

जारी प्रतियोगितामा विराटनगर किंग्सले एक जित र २ हार बेहोरेको छ भने जनकपुरले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

त्यसैगरी आज दोस्रो खेल साँझ ५ बजेदेखि लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुँदैछ ।

लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक खेल बर्षाले रद्ध हुदा अंक बाँडेको छ भने पोखरा एभेन्जर्सले आफ्ना सुरूवाती दुवै खेलमा हार बेहोरेको छ ।


प्रतिकृया दिनुहोस्