
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको बागडोर सम्हाल्ने प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक रूपमा मादक पदार्थ सेवन (मापसे)र लागु पदार्थ सेवन ९लापसे० परीक्षण गरिनुपर्ने माग गरेका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिनिधि सभा सदस्य समेत रहेका साम्पाङले देशको स्वास्थ्य र सुशासनका लागि यो प्रक्रिया अनिवार्य हुनुपर्ने जिकिर गरेका हुन् ।
उनले लेखेका छन्, प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरुको मापसे र लापसे चेक जाँच दैनिक गरिनु पर्दछ १ साम्सदहरुको पनि गर्नु पर्छ ! देशको स्वास्थको लागि यो अनिवार्य छ ।















