काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दैछ। दिउँसो सवा १ बजेदेखि बैठक सुरु हुने संसद् सचिवालयले जनाएको छ।
आजको राष्ट्रियसभा बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहाले यो प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यो विधेयकमाथि समितिमा दफावार छलफल भइसकेको छ ।