Skip

Hamro Sanchar

देशभर हैजा सङ्क्रमितको सङ्ख्या ५० पुग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २९ गते


काठमाडौँ । देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको छ ।

ललितपुर ३८ जनामा हैजा देखिएको हो । यो सङ्ख्या सबैभन्दा बढी रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क छ ।

यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।


प्रतिकृया दिनुहोस्