काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका तथा संरक्षणको आवश्यकता भएका १५२ जना बालबालिकालाई कागेश्वरी मनोहरा नगरपालिकाले २ हप्ताभित्र आफ्नै नगरमा स्थानान्तरण गर्ने भएको छ। नगरपालिकाले ती बालबालिकाको संरक्षण, पालनपोषण तथा शिक्षाको जिम्मेवारी लिँदै दीर्घकालीन अभिभावकत्व ग्रहण गर्ने निर्णय गरेको हो। नगरप्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा बुधबार...
विजय स्मारक माध्यमिक विद्यालयका कक्षा १ देखि १२ सम्मका विद्यार्थीले खाजाको रकम कटाएर जुटाए सहयोग
काठमाडौं, भदौ ३१- काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजाको रकम कटाएर भोटेकोशी बाढीपीडितका लागि रु. २४,८४०।- (अक्षरुपि चौबीस हजार आठ सय चालिस) सहयोग गरेका छन्। विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले खाजा खान ल्याउने रकमबाट केही हिस्सा बचत तथा सङ्कलन गरी बाढीपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप...
विश्वविद्यालय अनुदान आयोग, शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश सरकार स्विथानीय तहले सहयोगमा विशेष साथ दिनुपर्नेमा जोड
काठमाडौं, भदौ ३१- बाढीका कारण भवन तथा शैक्षिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि नुवाकोटको त्रिशूली बहुमुखी कलेज संकटमा परेको छ। भौतिक संरचनामा क्षति पुगे पनि विद्यार्थीको अध्ययन र उच्च शिक्षाको यात्रा भने रोक्न नहुने भन्दै सामुदायिक कलेजहरू सहयोग र सहकार्यमा जुट्न थालेका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत विदुर–२, नुवाकोटमा सञ्चालित त्रिशूली बहुमुखी कलेजको...