Skip

Hamro Sanchar

ग्यास छैन भने सरकारले जनतालाई दाउरा खोजी भात पकाएर खाउ भन्न सक्नुपर्‍यो : आशिका तामाङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २६ गते


Advertisement

२६ भदौ, काठमाडौं ।  रास्वपा सांसद आशिका तामाङले ग्यास्काे अभावलाई लिएर सरकारमाथि आक्रोश व्यक्त गरेकि छन् ।

आजको प्रतिनिधिभा बैठकमा उनले  ग्यास छैन भने अहिले नै भनिदिन सरकारलाई आग्रह गरकि छन्। मन्त्री परिवर्तन गर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीहरूको लाइन बढी हुने समेत उनले टिप्पणी गरिन्।

तामाङले पसलमा ग्यास हेरेर भोकभोकै बस्नका लागि नै जनताले दुईतिहाइ दिएका हुन् ? भन्दै प्रश्न समेत गरेकि छन् ।

बैठकमा उनले पसलमा ग्यास हुँदा पनि नपाएको आफूलाई गुनासो आएको सुनाइन् । “के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त ? भन्दै  प्रश्न गरिन् ।

“यदि ग्यास छैन भने अहिले नै सरकारले घोषणा गरिदिनुपर्‍यो,” उनले भनिन् “जनतालाई दाउरा खोजी भात पकाएर खाउ भन्न सक्नुपर्‍यो । होइन भने ग्यासको लागि मात्रै मन्त्री परिवर्तन गर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ ।


प्रतिकृया दिनुहोस्