Skip
आज : २०८३ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मोतीशोभाको साहित्यिक उडानः ३ भाषाका ५ पुस्तक एकैसाथ विमोचित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २१ गते


Advertisement

२१ कार्तिक, काठमाडौं । साहित्यकार मोतीशोभा श्रेष्ठका नेपाली, नेपाल भाषा र अंग्रेजी भाषामा लेखिएका पाँच पुस्तक एकैसाथ विमोचन भएका छन्।

आज आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्री शंकर कोइराला, पूर्वमुख्यसचिव डा.बिमल कोइराला र वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन्।
विमोचित कृतिमा ‘सपनाको उडान’, ‘यात्राको वेगः अनुभूतिको संवेग’ लगायतका पुस्तक छन्। उनका लेखनमा सामाजिक विकृति, यात्राका अनुभव र जीवनका विविध पक्ष समेटिएका छन्।

अवकाशपछि पनि साहित्य सिर्जनामा सक्रिय श्रेष्ठका हालसम्म १७ कृति प्रकाशित भइसकेका छन्। कार्यक्रममा नेपाल भाषा फाउण्डेसनले उनलाई सम्मानसमेत गरेको थियो।


प्रतिकृया दिनुहोस्