Skip
आज : २०८३ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तिहारमा प्रधानमन्त्रीको शुभकामना : ‘सत्य र इमानदारीको बाटोमा अडिग रहौँ’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २१ गते


Advertisement

२१ कार्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काग तिहार शुभकामना व्यक्त गर्दै सत्य, न्याय र इमानदारीको बाटोमा अघि बढ्न आह्वान गरेका छन्।

यमपञ्चकको पहिलो दिन काग तिहारको शुभकामना दिँदै उनले कागलाई यमराजको दूतका रूपमा सम्मान गर्ने नेपाली परम्परा, यम दीपदान तथा यससँग जोडिएका धार्मिक र सांस्कृतिक मान्यताको चर्चा गरेका छन्।

उनले यमराजलाई डरको प्रतीक मात्रै नभई न्यायको प्रतीकका रूपमा पनि व्याख्या गरेका छन।

दुष्कर्म गर्नेलाई दण्ड र सत्कर्म गर्नेलाई संरक्षण गर्ने धार्मिक विश्वासले समाजमा न्याय र नैतिकताको महत्व स्मरण गराउने उनको सन्देश छ।

धन्वन्तरी जयन्तीका अवसरमा भगवान् धन्वन्तरीको स्मरण गर्दै उनले सबैको सुस्वास्थ्य र निरोगी जीवनको कामना गरेका छन्।

त्यस्तै, कुकुर तिहारले मानिसको विश्वासिलो साथी कुकुरप्रतिको प्रेम, सम्मान र कृतज्ञता प्रकट गर्ने अवसर प्रदान गर्ने उल्लेख गरेका छन्।

घरको सुरक्षादेखि अनुसन्धान र उद्धार कार्यसम्म मानिसलाई साथ दिँदै आएका कुकुरप्रतिको सम्मानले मानव र पशुपन्छीबीचको सहअस्तित्व तथा सद्भावलाई थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरेका छन्।

चाडपर्व केवल धार्मिक आस्थामा सीमित नरही समाजमा सत्य, न्याय, इमानदारी, सुशासन र जनपक्षीय काम गर्ने प्रेरणाको स्रोत बनून् भन्ने कामनासहित बालेनले गरेका छन् ।

 


प्रतिकृया दिनुहोस्