Skip
आज : २०८३ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सर्वोच्चका ४ प्रस्तावित न्यायाधीशको नाम अनुमोदन, अब राष्ट्रपतिबाट नियुक्ति हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २१ गते


Advertisement

काठमाडौं । सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका चारै जना न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।

आज बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा। रत्नबहादुर बागचन्दको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

समितिका सभापति बोधनारायण श्रेष्ठले सुनुवाइ प्रक्रिया पूरा भएपछि चारै जनाको नाम अनुमोदन गरिएको जानकारी दिएका छन्।

यसअघि न्यायपरिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश रहेका उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित न्यायाधीशहरूसँग विभिन्न विषयमा प्रश्नसमेत गरेका थिए।

संसदीय सुनुवाइबाट नाम अनुमोदन भएसँगै अब चारै जनालाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको छ।


प्रतिकृया दिनुहोस्