२१ कार्तिक, काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिमध्ये ३२ जिल्लाका २ हजार २९४ जनाको विवरण सरकारले सार्वजनिक गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त विवरण यकिन गरी सूची सार्वजनिक गरेको हो। सार्वजनिक सूचीअनुसार सबैभन्दा धेरै रसुवाका १ हजार ५८३ जना बेपत्ता छन्।
प्राधिकरणका अनुसार बेपत्ता हुनेको सूचीमा ताप्लेजुङदेखि बाजुरा, दाङ, कैलाली, जाजरकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत ३२ जिल्ला परेका छन्। त्यस्तै, सात देशका १७१ विदेशी नागरिक पनि बेपत्ताको सूचीमा समेटिएका छन्।
प्राधिकरणले सार्वजनिक सूचीमा नाम रहेका व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति वा निजको एकाघरका परिवारलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ। बेपत्ता व्यक्तिको पूर्ण विवरण प्राधिकरणको वेबसाइटमा उपलब्ध गराइएको छ।
स्थानीय तहको सिफारिस र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयका आधारमा नेपाली नागरिकको विवरण सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ। विदेशी नागरिकको विवरण भने सम्बन्धित मुलुकका नियोगमार्फत प्राप्त सूचनाका आधारमा समावेश गरिएको हो।
३२ जिल्लाबाहेकका थप विवरण तथा विदेशी नागरिकको सूची प्राप्त भएपछि पुनः सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ४५७ जनाको मृत्यु भएको छ भने ५ हजार २८५ जना बेपत्ता रहेको प्राधिकरणको तथ्यांक छ। तीमध्ये यकिन भएका २ हजार २९४ जनाको नामावली सार्वजनिक गरिएको हो।

























