२६ साउन, काठमाडौं ।वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ ।
गएराति साढे ११ बजेपछि उनको प्लस रेट र अक्सिजनको मात्रा कम भएपछि उपचारका लागि जनकपुरकै अस्पतालमा लगिएको थियो ।
डा। विमलका कान्छा छोरा विभाष लाभका अनुसार राती साढे ११ बजेसम्म कुराकानी गरिरहेका विमलको शरीरमा एक्कासी परिवर्तन देखिएपछि अस्पताल भर्ना गरिएको थियो । डा. विमलको उपचारकै क्रममा आज विहान निधन भएको हो ।
नेपाली, मैथिली, अंग्रेजी र हिन्दी भाषामा थुप्रै कृति, गीत, कथा र कविता लेखेका डा.विमलको जन्म सन् १९४७ मार्च २६ मा जनकपुर–१० स्थित देवीचोकमा भएको थियो । उनले नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर गरेका छन् । उनले भाषा विज्ञान विषयमा विद्यावारिधि गरेका थिए ।
पारिवारिक सदस्यका अनुसार विमलको आज जनकपुरको स्वर्गद्वारीमा अन्त्येष्टि गरिनेछ ।































