Skip
आज : २०८३ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वनमन्त्री चौधरी टर्किए प्रस्थान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २४ गते


Advertisement

२४ कार्तिक, काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी टर्कीएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी छन्।

सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् । साथै, उनले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधनसमेत गर्नुहुने कार्यक्रम रहेको छ।

सम्मेलनमा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा परेको असरका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नेछिन्।

साथै जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीको क्षतिपूर्ति, जलवायुमैत्री कृषि, वन संरक्षण तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षणका विषयमा नेपालको धारणा राख्नुहुने उहाँको सचिवालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्