काठमाडौं । टर्कीको अन्ताल्यामा जारी कोप–३१ सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरेका छन्।
उद्घाटनका क्रममा उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति विश्वको ध्यानाकर्षण गराउँदै नेपालजस्ता जोखिममा रहेका देशलाई जलवायु न्याय र क्षतिपूर्तिस्वरूप आर्थिक सहयोग उपलब्ध गराउन माग गरे।
उनले हिमनदीजन्य विपद् बढ्दै गएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। सम्मेलनका क्रममा खनालले इथियोपियाका परराष्ट्रमन्त्रीसँग पनि भेटवार्ता गरी जलवायु परिवर्तन, व्यापार, पर्यटन र द्विपक्षीय सम्बन्धबारे छलफल गरेका छन्।

























