Skip
आज : २०८३ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल संवत् ११४७ मा बालेनको आह्वान : संस्कृति संरक्षणसँगै सामाजिक एकता बलियो बनाऔँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २४ गते


Advertisement

२४ कार्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल संवत् ११४७, म्हः पूजा तथा गोवर्धन पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदान स्मरण गरेका छन्। साख्वाःले देशभरका जनतालाई ऋणमुक्त बनाएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र, इतिहास र राष्ट्रिय पहिचान भएको उनले उल्लेख गरेका छन्।

नेवार समुदायको मौलिक पर्व म्हः पूजाको महत्वबारे चर्चा गर्दै बालेनले यसले आत्मशुद्धि, आत्मबल र चेतनाको बोध गराउने बताएका छन्। साथै, यस परम्पराले पुर्ख्यौली संस्कृति संरक्षण गर्नुका साथै समुदायबीचको सद्भाव र एकतालाई बलियो बनाउने उनको भनाइ छ।

त्यस्तै, गोवर्धन पूजा तथा हली तिहारले कृषि कर्म, पशुधन र कृषि औजारप्रतिको सम्मान झल्काउने उल्लेख गर्दै उनले देउसी–भैलोले छरछिमेकमा आत्मीयता र सामाजिक सद्भाव बढाउने बताएका छन्।

हाम्रा मौलिक चाडपर्वले आपसी रिसराग बिर्सेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री बालेनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।


प्रतिकृया दिनुहोस्