१९ साउन,काठमाडौं । रेलको ठक्करबाट युरोपेली मुलुक रोमानियामा दुई जना नेपाली युवाले ज्यान गुमाएका छन्।
दुर्घटनामा मृत्यु हुनेमा चितवनका निश्चल तामाङ र सिन्धुपाल्चोकका शान्तकुमार श्रेष्ठ रहेका छन्।
उनीहरूको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीलाई उद्धृत गर्दै रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलले जानकारी दिए।
हाल मृतकहरूको शव बाकाउस्थित स्पितालुल दे गाइनोकोलोजिकको शवगृहमा राखिएको छ ।






























