Skip

Hamro Sanchar

सर्वदलीय बैठकमा कांग्रेसबाट संसदीय दल नेता आङ्देम्बे जाने, गगन नजाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २५ गते


२५ जेठ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट संसदीय दल नेता भीष्मराज आङ्देम्बेसहित एक जना सांसद सहभागी हुने भएका छन्।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सर्वदलीय बैठकमा संसदीय दल नेता र एक जना सांसद सहभागी हुने सेतोपाटीलाई जानकारी दिए।

संसदीय दल नेता आङ्देम्बे र सांसद फिर्दोष आलम बैठकमा सहभागी हुने उनले बताए।

सभापति लामिछानेले सर्वदलीय बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलबाट अध्यक्षसहित २ जना सहभागी हुन आह्वान गरेका थिए।

प्रधानमन्त्री बालेन शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित प्रतिपक्षी दलहरुले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन्।

यसै सन्दर्भलगायत विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका थिए।


प्रतिकृया दिनुहोस्